सिन्धुपाल्चोकको ओली पक्षीय नेकपाले गर्यो जिल्ला कमिटी पुनर्गठन, संयोजकमा देउजा – Nepal Press

सिन्धुपाल्चोकको ओली पक्षीय नेकपाले गर्यो जिल्ला कमिटी पुनर्गठन, संयोजकमा देउजा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ओली पक्षीय नेकपाले जिल्ला कमिटी पुनर्गठन गरेको छ । बिहीबार खाडिचौरमा भएको अगुवा कार्यकर्ता भेलाले अध्यक्ष झम्क नेपाललाई हटाएर बालकृष्ण देउजालाई अधिवेशन आयोजक कमिटीको संयोजक बनाएको छ ।

भेलाले सहसंयोजकमा चन्द्रबहादुर धिमालकोटी चयन गरेको छ । अधिवेशन आयोजक कमिटी २४५ सदस्यीय बनाइएको उक्त समूहका नेता तथा प्रदेशसभा सदस्य सरेश नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालले पार्टी नीतिविपरीत काम गरेकोकाले अध्यक्षबाट हटाएर देउजाको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी बनाइएको नेता नेपालले बताए ।

भेलालाई सम्बोधन गर्दै ओली पक्षीय नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपाल समूहले चाहेमा अझै मिल्न सक्ने बाटो बाँकी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर