आफ्नो मृत्युसम्मको कुप्रचार गर्नेमाथि कारवाही गर्न मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको माग – Nepal Press

आफ्नो मृत्युसम्मको कुप्रचार गर्नेमाथि कारवाही गर्न मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको माग

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले आफ्नो व्यक्तिगत र संस्थागत जीवनप्रतिलक्षित गर्दै श्रृंखलाबद्ध रूपमा आक्रमण हुनु निन्दनीय र अपराधिक मानसिकताको पराकाष्ठा भएको बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै सिंहले विश्वविद्यालयको लेटरप्याडको दुरुपयोग गर्दै आफ्नो मृत्युकोसमेत दुष्प्रचार गरिएको भन्दै त्यो अक्षम्य भएको बताए । साउन १३ गते उपकुलपतिको निजी निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड एवं उपकुलपतिको आवाज एनिमेसन गरी अतिरंजित प्रचार गरिएकोमा उनको आपत्ति थियो ।

‘साउन २३ गते सामाजिक सञ्जालमार्फत मेरो मृत्यु भएको सम्म विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरी सुनियोजित तरिकाले गरिएको अत्यन्तै निन्दनीय अपराधिक र अक्षम्य कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भर्त्सना गर्दछ’, उनले भने, ‘यस्ता खालका अपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानीनी दायरामा ल्याई कडा सजाय दिन सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं । साथै यस्ता प्रकृतिका घटनाहरूबाट विश्वविद्यालयका सम्पूर्ण निकाय एवं सरोकारवाला पक्षहरू समेत सचेत हुँदै विश्वविद्यालयका गतिविधिहरू नियमित रूपमा बढाउन अनुरोध गर्दछौं ।”

उनले परीक्षा व्यवस्थापन कार्यालय र उपकुलपतिको कार्यालयबाट साइबर अपराधअन्तर्गत मुद्दा दर्ता गर्नेसमेत जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *