ललितपुरको गोदावरीमा डढेलो निभाउन गएका एकको मृत्यु – Nepal Press

ललितपुरको गोदावरीमा डढेलो निभाउन गएका एकको मृत्यु

काठमाडौं । ललितपुरको गोदावारीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउन पुगेका एक व्यक्तिको मृत्यु भएको छ ।

ललितपुर प्रहरी परिसर प्रवक्ता नरेशराज सुवेदीले २ जना गम्भीर घाइते भएकामा एक जनाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा मृत्यु भएको पुष्टि गरे ।

गोदावारी-४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन मंगलबार बिहान पुगेका स्थानीय शंकर पहरीको उपचारका क्रममा मृत्यु भएको हो । रमेश पहरी सख्त घाइते छन् ।

सुरक्षाकर्मीले डढेलो निभाउने क्रममा फसेका १५ जनाको सकुशल उद्धार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *