उपराष्ट्रपति कार्यालयका सचिव मैनालीको अनिवार्य अवकाश – Nepal Press

उपराष्ट्रपति कार्यालयका सचिव मैनालीको अनिवार्य अवकाश

काठमाडौँ । नेपाल सरकारका सचिव गोपीनाथ मैनालीले निजामती सेवाबाट मंगलबार अनिवार्य अवकाश पाएका छन् । नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष ८ महिना १९ दिन सेवा गरेका सचिव मैनाली उपराष्ट्रपति कार्यालयबाट मंगलबार अवकाश पाएका हुन् । अवकाशसँगै सामाजिक सञ्जाल फेसबुक मार्फत अवकास पाएका सचिव मैनालीले सेवामा रहँदा आफूलाई मार्गदर्शन गर्ने, सहयोग गर्ने र साथ दिने सवैलाई धन्यवाद दिएका छन् ।

लामो समय निजामती सेवामा बिताएको पेसाबाट अलग हुँदा संवेगात्मक बनेको भन्दै उनले सामान्य परिवारमा जन्मेर हिमाल, तराई, पहाड, अग्र पंक्तिका कार्यालयदेखि नीति निर्माणतहसम्म रही राष्टसेवा गर्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी ठानेको उनले बताए । सचिव मैनालीले सार्वजनिक प्रशासन सम्बन्धी विभिन्न पुस्तक पनि लेखिसकेको छन् ।

पाँच वर्ष अघि सचिव भएका उनी क्षेत्रीय प्रशासन कार्यालय पोखरा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी मन्त्रालय, भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, महालेखापरीक्षकको कार्यालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै उपराष्ट्रपतिको कार्यालय पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर