प्रतिनिधिसभाको बैठकमा दलका प्रतिनिधिले सम्बोधन गर्ने – Nepal Press

प्रतिनिधिसभाको बैठकमा दलका प्रतिनिधिले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै छ । आजको बैठकमा दलका प्रतिनिधिले बोल्ने भएका छन् ।

संघीय संसद् सचिवालय स्रोतका सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रका तर्फबाट सांसद पम्फा भुसाल र जनता समाजवादी पार्टीका तर्फबाट सांसद राजकिशोर यादवले बैठकमा बोल्ने छन् ।

त्यस्तै, सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल र राजेन्द्र लिङ्देनले समेत बोल्ने छन् । यसअघिका बैठक शोक प्रस्ताव पारित गर्दै सकिने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *