छाउपडी प्रथा उन्मूलन कार्यक्रम सञ्चालन हुँदै, महालक्ष्मी बैंकले गर्‍याे सहयोग – Nepal Press

छाउपडी प्रथा उन्मूलन कार्यक्रम सञ्चालन हुँदै, महालक्ष्मी बैंकले गर्‍याे सहयोग

काठमाडौं । सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्कर नेपालद्वारा साञ्चालित छाउपडी एण्ड मिन्सुरल हेल्थ हाइजेनिक म्यानेजमेन्ट प्रोजेक्ट महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत एाजीओलाई आर्थिक सहयोग गरेको जनाइएको छ ।

त्यस्तै, छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलालाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित गरिएको एनजीओले जनाएको छ ।

कार्यक्रम बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने बताइएको छ ।

कार्यक्र अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, देउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर