बाँसबारीसँग झम्सिखेल पराजित – Nepal Press

बाँसबारीसँग झम्सिखेल पराजित

काठमाडौं । निशान सुनारको दुई गोल प्रेरित बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार झम्सिखेललाई ४-० को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २७औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए । झम्सिखेलको रक्षापंक्तिमाथि हाबी बनेको बाँसबारीका लागि खेलको ३८औं मिनेटमा कप्तान कोमल खवासले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफमा २-० को अग्रता लिएको बाँसबारीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । अजय राजवंशीले ६०औं मिनेटमा गोल गर्दै बाँसबारीको अग्रता ३-० मा लम्ब्याएका थिए । त्यसको ८ मिनेट नबित्दै निशानले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित सुनिश्चित गरे ।

जितसँगै बाँसबारी १० खेलबाट २० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानका उक्लिएको छ भने समान खेलबाट ६ अंक जोडेको झम्सिखेल ११औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *