एपीएफको लगातार दोस्रो जित – Nepal Press

एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले काठमाडौं मेयर कप-२०७७ मा लगातार दोस्रो जित निकालेको छ । उद्घाटन खेलमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गरेको एपीएफले आइतबार अर्को विभागीय नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले २५८ रनको योगफल तयार गरेको थियो । २५९ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १ बल बाँकी रहँदा पूरा गर्‍यो । एपीएफका लागि ओपनर सुवाष खकुरेल र सन्दीप जोराले अर्धशतकीय इनिङ खेलेका थिए ।

सुवाषले ७९ बलमा ५०, सन्दीपले ६५ बलमा ६१ तथा आशिफ शेखले ४२ तथा सुमित महर्जनले अविजित ३३ रनको योगदान गर्दा कप्तान शरद भेसावकर २० रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

पुलिसका लागि पवन सर्राफले ५ तथा योगेन्द्र कार्कीले दुई विकेट लिए । ललित नारायण राजवंशी र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५८ रनको योगफल तयार गरेको थियो । पुलिसका लागि दिपेन्द्रले १२० बलमा १०० रन पूरा गरेका थिए ।

नेपाल पुलिस क्लबका लागि १३१ बलको सामना गरेका दिपेन्द्रले ११ चौका र ६ छक्कासहित १४० रनको शानदार इनिङ खेले ।

पुलिसका लागि ओपनर कुशल भूर्तेलले १०, अनिल साहले १८, सुनिल धमलाले ३३, पवन सर्राफले ३५, कप्तान मन्जित श्रेष्ठले ३ तथा अमित श्रेष्ठले १ रन जोड्दा दिलिप नाथ ४ रनमा अविजित रहे ।

अहिले क्रिजमा दिपेन्द्र १०५ र दिलिप नाथ १ रन बनाएर खेलिरहेका छन् । एपीएफका लागि कप्तान शरद भेसावकरले ३, अविनाश बोहराले २ र अमरसिंह रौतेलाले १ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *