अर्थतन्त्रको विषयलाई लिएर देउवाले भने- अर्थ मन्त्रालय र राष्ट्रबैंकसँग छलफल गरेर समाधान गर्छु – Nepal Press

अर्थतन्त्रको विषयलाई लिएर देउवाले भने- अर्थ मन्त्रालय र राष्ट्रबैंकसँग छलफल गरेर समाधान गर्छु

काठमाडाैं । सोमबार देशको अर्थतन्त्रमा देखिएको समस्याको ब्रिफिङ गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघको एउटा टोली बालुवाटार पुग्यो । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छा सहितको टिम प्रधानमन्त्री भेट्न गएको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन निजी क्षेत्रका प्रतिनिधिमण्डललाई दिएका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय र राष्ट्र बैङ्कसँग छलफल गरी समाधान निकाल्ने बताए ।

शीर्ष नेतृत्वहरूसँग भेटघाटको क्रममा महासंघ प्रतिनिधिमण्डलले यसअघि आइतबार मात्र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग छुट्टाछुट्टै भेटेर अर्थतन्त्रका विषयमा जानकारी गराएका थिए ।

महासंघले सबै भेटमा ब्याजदरको उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक असहजता, अन्तर्राष्ट्रिय रूपमा आकासिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स र फ्रेट शुल्कमा समेत वृद्धि भएको जानकारी गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर