लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती – Nepal Press
कर्णाली प्रदेश

लोकसेवा आयोगमा भागबण्डा, कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती

सुर्खेत । कर्णाली प्रदेशको लोकसेवा आयोगका पदाधिकारी चयनमा राजनीतिक दलको कोटा प्रणाली लागू भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेका हुन् ।

तीन सदस्यीय समितिले छानेका सदस्य नेकपाको दुई खेमा र कांग्रेसका परेका छन् । अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता शाहीले भने आफ्नै श्रीमती बसन्ती कुमारी सिंह शाहीलाई लोकसेवा आयोगको सदस्य बनाएका छन् ।

अध्यक्षमा रामप्रसाद उपाध्याय र अर्का सदस्यमा भक्तबहादुर खड्का नियुक्त भएका छन् । लोकसेवा आयोगका तिनै पदाधिकारीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

अध्यक्ष उपाध्याय वीरेन्द्रनगर –११ सुर्खेतमा बस्दै आइरहेका छन् । उनी मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका हुन् भने अर्का सदस्य खड्का वीनपा ४ मा बस्दै आइरहेका छन्। उनी सभामुख शाहीको कोटाबाट नियुक्त भएका हुन् । शाही नेकपा ओली पक्षका हुन् ।

सदस्य बसन्तीकुमारी सिंह शाहीको स्थायी ठेगाना खार्पुनाथ-५ हुम्लामा पर्दछ । श्रीमतीलाई आयोगको सदस्य बनाएपछि कांग्रेस नेता शाही आलोचित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर