नेपाल पहिलो हाफमा ३-० ले अगाडि, बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक – Nepal Press

नेपाल पहिलो हाफमा ३-० ले अगाडि, बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

काठमाडौं । अञ्जन विष्टको ह्याट्रिकमा नेपाल बंगालदेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए ।

यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता पनि दोब्बर पारे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बंगलादेशका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्डबललाई पोष्ट नजिकै बाट प्रहार गर्दै गोल गरेका थिए ।

अञ्जनले ३८औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै नेपालका लागि तेस्रो गोल गरे ।

कप्तान जमल भुयानले खेलको १७औं मिनेटमा आर्कबाट हानेको फ्रिकिक क्रसबारमा लागेर बाहिरिएसँगै बंगलादेशले अग्रतालिने अवसर गुमाएको थियो । त्यसबाहेक पनि बंगलादेशले थुपै्र गोल गर्ने अवसर गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *