बंगालदेशविरुद्ध अञ्जनको ह्याट्रिक – Nepal Press

बंगालदेशविरुद्ध अञ्जनको ह्याट्रिक

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ३ गोलको अग्रता लिएको छ ।

नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।

अञ्जनले १८ औँ मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । विमल घर्तिमगरको मद्दतमा गरेका थिए । मगरले राइट कर्नर नजिकैबाट हानेको फ्री किकलाई अञ्जनले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

यस्तै उनले व्यक्तिगत र टिमका लागि दोस्रो गोल खेलको २७ औँ मिनेटमा गरे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बंगलादेशका गोलकिपरले बचाएका थिए । उक्त रिबाउन्ड बललाई सदुपयोग गर्दै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

खेलको ३८ औँ मिनेटमा अञ्जनले ह्याट्रिक गर्दै नेपाललाई ३-० को अवस्था पुर्‍याए । उनले विशाल राईको फ्री किकमा बक्सभित्रबाट फ्री हेडमार्फत अञ्जनले उत्कृष्ट गोल गरेका हुन् ।

यो सँगै विष्टको १० अन्तर्राष्ट्रिय गोल पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *