डा.रुपचन्द्र विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार – Nepal Press

डा.रुपचन्द्र विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।

मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो ।

बाजुराको बुढीनन्दा नगरपालिका –५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रुपमा परिचित छन् ।

बिगत ३ वर्षदेखि बाजुरा जिल्लामा रही नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताए ।

३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाईतेलाई बचाएपछि उनको चर्चा देशभरी भएको थियो ।

सम्मान पछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताए ।

सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्डबाट डा.विश्वकर्मा सम्मानित भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर