किन राख्नुपर्छ ८ क्यारेक्टरभन्दा माथिको पासवर्ड ? – Nepal Press

किन राख्नुपर्छ ८ क्यारेक्टरभन्दा माथिको पासवर्ड ?

काठमाडौं । हामी मध्ये धेरैलाई आफ्नो सामाजिक संजाल , फोन , ईमेल आदीमा छोटो पासवर्ड राख्ने बानी हुन सक्छ । छोटो पासवर्ड सम्झिनको लागि सजिलो हुनेहुदाँ हामीले छोटो पासवर्ड राख्न रुचाउँछौ । यसरी ८ क्यारेक्टरभन्दा छोटो पासवर्ड राख्नाले हाम्रो सामाजिक संजाल सजिलै ह्याक हुन सक्ने एक अध्ययनले जनाएको छ ।

क्यालिफोर्नियामा अवस्थित एक साइबर सेक्युरिटी कम्पनीको हाइकका अनुसार ८ क्यारेक्टर भन्दा कम छोटा पासवर्डहरु केही सेकेन्डमै ह्याक हुनसक्छन् । यसो भनीरहँदा धेरैलाई अपर केस ( क्यापिटल अक्षर ) लोवर केस ( स्मल अक्षर ) इस्पेसिअल क्यारेक्टर (@#$%^& लगायतका क्यारेकटर) अकं आदीको समिश्रण प्रयोग गरी बनाइएका पासवर्डहरु भने ह्याक हुँदैनन् कि भन्ने लाग्न सक्छ ।

हाइकको उक्त रिपोर्ट अनुसार यस किसिमका क्यारेक्टरनै प्रयोग गरेर राखिएता पनि यदी त्यो पासवर्ड ८ क्यारेक्टर भन्दा छोटो नै छ भने ह्याक हुन सक्ने सम्भावना यथावत नै रहन्छ । रिपोर्टका अनुसार यस् किसिममा पासवर्ड औसतमा ८ घण्टा भित्र ह्याक हुन सक्छन् । रिपोर्टका अनुसार यि पासवर्डहरु ह्याक गर्नका निम्ती अत्याधुनिक स्रोत साधनको समेत आवश्यकता पर्दैन ।

कस्ता पासवर्ड बढी सुरक्षित हुन्छन् त ?

हाइकले गरेको अध्ययन अनुसार ८ भन्दा माथी १५ देखी १८ सम्म विभिन्न क्यारेक्टर ( अपर केस, लोवर केस, इस्पेसिअल, र अकं )को समिश्रण गरेर बनाइएका पासवर्डहरु बढी सुरक्षित हुन्छन् ।

अध्ययनका अनुसार १८ वटा वा सो भन्दा माथि अकंमात्र प्रयोग गरेर पासवर्ड बनाइयो भने पनि उक्त पासवर्डलाई ह्याक गर्न औसतमा ९ महिनाको समय लाग्छ । १८ भन्दा माथि लोवर केस अक्षर मात्र प्रयोग गरेर बनाइएका पासवर्ड ह्याक गर्न २३ मिलियन वर्ष लाग्ने अध्ययनले ४ दाबी गरेको छ ।

यस्तै अपर केस, लोवर केस , इस्पेसियल क्यारेकटर र अकं सबैको प्रयोग गरी बनाइएको १८ क्यारेक्टर भन्दा लामो पासवर्ड ह्याक गर्नको लागि १०० ट्रिलियन वर्ष लाग्ने हाइकको अध्यनले दाबी गरेको छ । हाइकले विभिन्न सामाजिक संजालहरुमा फरक-फरक पासवर्ड राख्न पनि सुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर