१० वाणिज्य बैंकको ऋण पोर्टफोलियो मूल्यांकन गर्न सर्टलिस्टमा परे ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक – Nepal Press

१० वाणिज्य बैंकको ऋण पोर्टफोलियो मूल्यांकन गर्न सर्टलिस्टमा परे ५ अन्तर्राष्ट्रिय लेखापरीक्षक

काठमाडौं । वाणिज्य बैंकहरुको ऋण पोर्टफोलियो रिभ्यु गर्न नेपाल राष्ट्र बैंकले बाह्य लेखापरीक्षकको प्रारम्भिक छनोट गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् । नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् ।

नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका छन् ।

नेपालले कोषसँग २ वर्षअघि विस्तारिक कर्जा सुविधा (ईसीएफ) माग गरेको थियो । तर, कोषले यो सुविधा पाउन अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट बाह्य लेखापरीक्षण गर्नुपर्ने शर्त राखेको थियो । सो शर्त पूरा गर्न १० ठूला बैंकको लेखापरीक्षण गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर