नेकपा एसको काठमाडौं जिल्ला अध्यक्षमा कुसुम कार्की, पदाधिकारीमा को-को ?
काठमाडौं। नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा कुसुमकुमार कार्की चयन भएका छन् । वागमती प्रदेशसभा सदस्यसमेत रहेका कार्कीलाई जिल्ला कमिटीको विस्तारित बैठकले अध्यक्ष चयन गरेको हो ।
विहीबारै नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सपथग्रहण गराएका छन् । कमिटीको उपाध्यक्षमा बटुकृष्ण थापा र ओमकुमारी श्रेष्ठ तथा सचिव एलपी श्रेष्ठ चयन भएका छन् ।
कमिटीका उपसचिव ध्रुवराज न्यौपाने, कृष्णहरी खत्री र सुरेन्द्रहर्ष बज्राचार्य चयन भएको अध्यक्ष कार्कीले जानकारी दिए । यसअघिका अध्यक्ष वसन्त मानन्धर पोलिटब्यूरो सदस्य भएपछि २२५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।