इपीएलका स्टार: यी हुन् बढी रन बनाउने र विकेट लिने टप टेन खेलाडी – Nepal Press

इपीएलका स्टार: यी हुन् बढी रन बनाउने र विकेट लिने टप टेन खेलाडी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणले नयाँ च्याम्पियन पायो- चितवन टाइगर्स । बहुप्रतिक्षित ईपीएल असोज ९ देखि त्रिवि क्रिकेट मैदानमा सुरु भएर शनिबार समापन भयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा विनोद भण्डारीको कप्ताानीमा रहेको पोखरा राइनोज र सोमपाल कामीको कप्तानीमा रहेको चितवन टाइगर्सले भेट निश्चित गरेका थिए । र, बाजी चितवनले मार्यो ।

कीर्तिपुरको मैदानले यसपालको इपीएलमा बलर र ब्याट्म्यान दुवैलाई अवसर दिएको थियो । केही ‘हाइ स्कोरिङ’ र केही ‘लो स्कोरिङ’ खेलहरु भए । अपेक्षा गरिएअनुसार ब्याटिङमा विदेशी खेलाडीहरुकै दवदवा रह्यो ।

तर, विगतमा घरेलु टि–२० फ्रेन्चाइजको तुलनामा यो पाली नेपाली ब्याट्सम्यानहरुले सुधारिएको ब्याटिङ गरे । नेपाली ब्याट्सम्यानले विदेशी ब्याट्सम्यानसँग म्याच गरेर खेलेको थियो ।

राष्ट्रिय टोलीका स्थापित ब्याट्सम्यानहरुको प्रदर्शन भने सोचेअनुसार भएन । राष्ट्रिय टिमका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले निराश बनाए । विनोद भण्डारी र रोहित पौडेल फ्लप भए ।

शरद भेषवकरको प्रदर्शन मिश्रित रह्यो । उनले एउटा म्याचमा विष्फोटक ४९ रन बनाए भने अर्का एउटा म्याचमा अन्तिम बलमा छक्का हान्दै आफ्नो टिमको हार टारे ।

राष्ट्रिय टिममा स्थान बनाउन नसकेका भिम सार्की यो आइपीएलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्यम्सान हुन् । यस्तै लामो समयदेखि राष्ट्रिय टिमबाट आफ्नो स्थान गुमाएका प्रदीप ऐरील पनि फर्म भेट्टाएका छन् ।

यो संस्करणमा शाहिद अफ्रिदी, मोहम्मद शहाजाद, उपुल थरंगा, तमिम इकबल, रिचार्ड लेभी, सान्दुन भिराकोडी, साहान अराचिगे, केसरिक विल्यम्स जस्ता विश्व प्रख्यात विदेशी खेलाडीहरूको उपस्थिति थियो । सर्वाधिक रन बनाउने पाँच खेलाडीमध्ये चार खेलाडी विदेशी नै छन् ।

बलिङतर्फ भने नेपाली बलरहरुकै बाहुल्य रह्यो । धेरै टिमहरूले विदेशी बलर हायर गरेका पनि थिएनन् । नेपाली टिमका प्रमुख दुई बलर सोमपाल कामी र करण केसीले भने निराश बनाए । सर्वाधिक विकेट लिने पाँच बलरको सूचीमा उनीहरू छैनन् ।

सर्वाधिक रन बनाउने खेलाडीहरू

१. मोहम्मद शहजाद: अफ्गानिस्तानका अनुभवी क्रिकेटर शहजादले चितवन टाइगर्सबाट प्रतियोगिता खेल्दै उपाधि पनि उचाले । उनले ईपीएल चौथो संस्करणमा सर्वाधिक २०७ रन बनाए । शहजादले विराटनगर वारियर्स विरुद्धको पहिलो खेलमा १ रन मात्रै बनाएका थिए ।

दोस्रो खेलमा काठमाडौं किङ्स-११ विरुद्ध १७ रन जोडे । तेस्रो खेलमा पोखरा विरुद्ध ६३ रन बनाएर अविजित रहेका थिए । चौथोमा खेलमा ललितपुर प्याट्रिओट्सविरुद्ध ३५ रन, पाँचौ खेलमा भैरहवाविरुद्ध ३२ रन र क्वालिफायरमा पोखरा विरुद्ध ४८ सँगै फाइनलमा पुन: पोखराविरुद्ध ११ रन जोडे ।

२. भीम सार्की: चितवनलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका भीमले प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरे । प्रतियोगिताको उदीयमान खेलाडीसमेत घोषित भएका भीमले ईपीएलमा यो वर्ष दोस्रो सर्वाधिक १९६ रन बनाए । उनले पहिलो खेलमा विराटनगरविरुद्ध ३० रन, दोस्रो खेलमा काठमाडौंविरुद्ध ६, तेस्रोमा पोखराविरुद्ध ५४, चौथोमा ललितपुरविरुद्ध २७, पाँचौमा भैरहवाविरुद्ध १६, र फाइनलमा पोखराविरुद्ध ६३ रन बनाए । प्रतियोगितामा दुई अद्र्धसतक बनाउने नेपाली ब्याट्सम्यान उनी मात्रै हुन् ।

३. उपुल थरंगा: श्रीलंकन क्रिकेटर थरंगा भैरहवा ग्लाडिएटर्सबाट खेलेका थिए । उनले ईपीएलमा १ सय ८५ रन बनाउँदै प्रतियोगितामा तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने । भैरहवाले पहिलो खेल पोखराविरुद्ध खेलेको थियो जुन खेल १० ओभरमा पनि परेका कारण स्थगित भएको थियो र दुवै टोलीले अंक बाँडेका थिए ।

उक्त खेलमा थरंगाले ब्याटिङ गर्ने मौका पाएनन् । दोस्रो खेलमा विराटनगरविरुद्ध ३४ रन बनाए । तेस्रो खेलमा ललितपुरविरुद्ध ६७ रन, चौथोमा चितवनविरुद्ध ३९ रन बनाएका थिए । त्यस्तै पाँचौ खेल काठमाडौंविरुद्ध पानी परेकै कारण स्थिगित भएको थियो । र, अंक बाँड्दै इलिमिनेटर खेलेको थियो । इलिमिनेटरमा थरंगाले काठमाडौंविरुद्ध ३५ रन जोडेका थिए । थरंगाले दोस्रो क्वालिफायरमा पोखराविरुद्ध १० रन जोडेका थिए ।

४. रिचार्ड लेभी: दक्षिण अफ्रिकी क्रिकेटर लेभीले पोखरा राइनोजबाट ईपीएल खेल्दै प्रतियोगिताको उपविजेता बने । उनले तेस्रो संस्करण पनि पोखराबाटै खेलेका थिए । लेभीले यो सिजन कूल १ सय ८१ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रन बनाउने चौथो खेलाडी भएका छन् । लेभी पोखराका लागि भैरहवाविरुद्धको पहिलो खेलमा शून्यमा आउट भएका थिए ।

उनले दोस्रो खेलमा ललितपुरविरुद्ध ३८ रन बनाएका थिए । तेस्रो खेलमा चितवनविरुद्ध २० रन, चौथो खेलमा विराटनगरविरुद्ध ४७ रन, पाँचौ खेलमा काठमाडौंविरुद्ध १७ रन र पहिलो क्वालिफायरमा चितवनविरुद्ध १९ र दोस्रो क्वालिफायरमा भैरहवाविरुद्ध १४ रन बनाए । फाइनलमा चितवनविरुद्ध २६ रन जोडेका थिए ।

५. सान्दुन विराकोडी: श्रीलंकन क्रिकेटर विराकोडीले साविक विजेता ललितपुर प्याटिरओट्सबाट यो संस्करणको ईपीएल खेलेका थिए । उनले प्रतियोगितामा कूल १ सय ६६ रन जोडेर तेस्रो सर्वाधिक रन बनाउने खेलाडी भएका छन् ।

उद्घाटन खेलमा काठमाडौंविरुद्ध २, दोस्रो खेलमा पोखराविरुद्ध १९, तेस्रो खेलमा भैरहवाविरुद्ध ५८, चौथो खेलमा विराटनगरविरुद्ध ७३ रन र पाँचौ खेलमा चितवनविरुद्ध १४ रन जोडेका थिए ।

सर्वाधिक विकेट लिने खेलाडी

१. सागर ढकाल: नेपाल पुलिस क्लबका खेलाडी सागर चितवन टाइगर्सबाट प्रतियोगिता खेल्दै सर्वोत्कृष्टसमेत घोषित भए । उन्ले प्रतियोगितामा सार्वाधिक १४ विकेट लिए । विराटनगरसँगको पहिलो खेलमा सागरले २ विकेट लिएका थिए । दोस्रो खेलमा काठमाडौंविरुद्ध ४ विकेट, तेस्रो खेलमा पोखराविरुद्ध बिना विकेट रहेका सागरले चौथो खेलमा ललितपिुर विरुद्ध २, पाँचौ खेलमा भैरहवाविरुद्ध १ र क्वालिफायरमा पोखराविरुद्ध ४ विकेट लिए ।

२. कमल ऐरी: चितवन टाइगर्सबाट बलिङ–ब्याटिङ् दुवैमा राम्रो प्रदर्शन गरि रहेका कमल प्रतियोगितामा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी बने । उन्ले कुल १२ विकेट लिए । पहिलो खेलमा विराटनगरविरुद्ध २ विकेट लिएका कमलले दोस्रो खेलमा काठमाडौंविरुद्ध १ विकेट लिए । तेस्रो खेलमा पोखराविरुद्ध २ विकेट, चौथो खेलमा ललितपुरविरुद्ध ३ विकेट लिए । पाँचौ खेलमा भैरहवाविरुद्ध र क्वापलफायरमा पोखरा विरुद्ध विकेटविहीन रहे । तर, फाइनलमा कमलले पोखराविरुद्ध चार विकेट लिएका थिए ।

३. करिम जनत: अफ्गानी क्रिकेटर करिम चितवन टाइगर्सबाट ईपीएल खेल्दै कुल ११ विकेट लिए । सर्वाधिक विकेट लिने तेस्रो खेलाडी बनेका करिमले पहिलो खेलमा विराटनगरविरुद्ध २, दोस्रो खेलमा काठमाडौंविरुद्ध २ विकेट लिएका थिए । यस्तै, तेस्रो खेलमा पोखराविरुद्ध विना विकेट रहेका जनतले चौथो खेलमा ललितपुर विरुद्ध २, पाँचौ खेलमा भैरहवा विरुद्ध २ र क्वालिफायरमा पोखराविरुद्ध १ विकेट लिएका थिए । फाइनलमा पोखराविरुद्ध भने करिम विकेट लिन असफल रहेका थिए ।

४. जितेन्द्र मुखिया: काठमाडौं किङ्स–११ बाट ईपीएल खेलेका जितेन्द्र कुल ९ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने चौथो खेलाडी बने । उन्ले ललितपुर विरुद्धको उद्घाटन खेलमा ४ विकेट लिएका थिए । दोस्रो खेलमा चितवनविरुद्ध २ विकेट, तेस्रो खेलमा विराटनगरविरुद्ध शून्य, चौथो खेलमा पोखराविरुद्ध २ विकेट लिएका थिए । भैरहवा विरुद्धको पाँचौ खेल वर्षाका कारण स्थगित भएको थियो । र, जितेन्द्रले इलिमिनेटरमा भैरहव विरुद्ध १ विकेट लिए ।

५. नन्दन यादव: पोखरा राइनोटबाट चोथो संस्करण खेलेका नन्दन यादवले प्रतियोगितामा ९ विकेट लिए । भैरहवाविरुद्धको पहिलो खेल वर्षाले प्रभावित बन्दा उनले बलिङको अवसर पाएनन् । दोस्रो खेलमा ललितपुरविरुद्ध ३ विकेट लिएका नन्दनले चितवनविरुद्धको दोस्रो खेलमा सफलता हात पारेनन् । तेस्रो खेलमा विराटनगर, चौथो खेलमा काठमाडौं, पाँचौँ खेलमा चितवन र छैठौ खेलमा भैरहवाविरुद्ध १/१ विकेट लिएका नन्दनले फाइनलमा पोखराविरुद्ध २ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *