एमाले पश्चिमनवलपरासीको नेतृत्वका लागि अधिकारी र शर्मा निर्वाचनमा जाने तयारी – Nepal Press

एमाले पश्चिमनवलपरासीको नेतृत्वका लागि अधिकारी र शर्मा निर्वाचनमा जाने तयारी

रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि सहमति नजुटेपछि निर्वाचनको प्रकृयामा लैजाने तयारी भएको छ ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष दिपेन्द्र अधिकारी र सचिव धिरज शर्मा मुख्य प्रतिस्पर्धी रहेका छन् । शनिबार बिहान ८ बजेदेखि उम्मेदारी दर्ताको तयारी गरिएपनि नेताहरु अझै सहमतिको प्रयासमा लागिरहेका छन् ।

४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज बस्याल र श्याम बस्याल आकांक्षी रहेपनि अध्यक्ष अधिकारी र सचिव शर्माबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ ।

आकांक्षी दुवैले सहमतिका लागि आफू तयार भएपनि एकले अर्कोलाई सहज ढंगले छाड्ने पक्षमा छैनन् । अध्यक्षका आकांक्षी दुवैले नछाडे पदाधिकारीमा प्यानलमै उम्मेदारी दिनेगरी तयारी भएको छ ।

पार्टीका अध्यक्ष दिपेन्द्र अधिकारीले आफू पूरै कार्यकाल काम गर्न नपाएको र धेरै पालिका तहबाट पुनः नेतृत्वका लागि आग्रह भएकाले दोहोरिन चाहेको बताए । उनले सकेसम्म सहमतिमै नेतृत्व छनौट हुनेमा आफू आशावादी रहेको बताए ।

अर्को आकांक्षी धिरज शर्माले आफू सचिव रहेर अनुभव संगालेकाले नेतृत्वका लागि आकांक्षी रहेको बताउँदै पार्टी नेतृत्वको सल्लाहअनुसार नै अगाडि बढ्ने बताए ।

नेताहरुले सहमतिमा पोखरेल अध्यक्ष भएर शर्मालाई उपाध्यक्ष बनाउने गरी तयारी गरेपनि अन्य आकांक्षीको व्यवस्थापन हनु नसक्दा निर्वाचनमा जानसक्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर