एप्पललाई उछिन्दै सामसुङ बन्यो पहिलो स्माटफोन ढुवानीकर्ता – Nepal Press

एप्पललाई उछिन्दै सामसुङ बन्यो पहिलो स्माटफोन ढुवानीकर्ता

काठमाडौं । विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो ।

पहिलो त्रैमासमा एप्पल कम्पनीका स्मार्टफोनभन्दा सामसुङको ढुवानी १० प्रतिशतले बढेको ‘आईडीसी’ को रिपोर्टले देखाएको छ ।

‘आईडीसी’ का अनुसार सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा सामसुङ ढुवानी २०.८ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ ।

त्यस्तै एप्पल १७.३, साओमी १४.१, ट्रानसेसन ९.९, अप्पो ८.७ र अन्यको २९.३ प्रतिशत ढुवानी रहेको छन् । पहिलो त्रैमासमा सामसुङले ६०.१ मिलियन स्मार्टफोन युनिट बजारमा ढुवानी गरेको छ । जुन सन् २०२३ को पहिलो त्रैमासभन्दा ०.७ प्रतिशतले कम हो ।

स्मार्टफोन बजारमा एप्पलको ढुवानी गत वर्षको तुलनामा ९.६ प्रतिशतले घटेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर