हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, खेल १८ ओभरमा झारियो – Nepal Press

हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, खेल १८ ओभरमा झारियो

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमनको अल अमरेत क्रिकेट–१ मा हङकङविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर घटाएर खेल गराइने भएको छ । नेपाल र हङकङबिचको खेल १८ ओभरको हुनेछ । खेल केहि छिनमा सुरु हुनेछ ।

नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *