हारबाट जोगियो युनाइटेड – Nepal Press

हारबाट जोगियो युनाइटेड

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले बर्नमाउथसँग अंक बाढेको छ ।

शनिबार राति बर्नमाउथको घरेलु मैदानमा भएको खेलको सुरुवाती अग्रता घरेलु टोलीले लिएपनि खेलमा हारजित भने भएन ।

दुई पटक पाएको अग्रता कायम गर्न नसक्दा घरेलु टोली बर्नमाउथले युनाइटेडसँग अंक बाढ्न परेको हो ।

खेलको १६औं मिनेटमा सोलांकेले गोल गर्दै बर्नमाउथलाई १–० को अग्रता दिलाए तर युनाइटेडका ब्रुनोले ३१औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३६औं मिनेटमा बर्नमाउथका जस्टिनले गोल गरेपछि बर्नमाउथले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

पहिलो हाफमा पछि परेको युनाइटेडका लागि ६५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकियो ।

बराबरीसँगै युनाइटेड ३२ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ । बर्नमाउथ ४२ अंक जोडेर १२औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *