छुम्बी लामा क्रिकेट संघको केन्द्रीय सदस्य नियुक्त – Nepal Press

छुम्बी लामा क्रिकेट संघको केन्द्रीय सदस्य नियुक्त

काठमाडौं। नेपाल क्रिकेट संघको केन्द्रीय सदस्यमा छुम्बी लामा नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा क्यानले लामालाई केन्द्रीय सदस्य नियुक्त गरेको हो ।

क्यानको विधानअनुसार केन्द्रीय समितिमा राखेपको सिफारिसमा एक जना केन्द्रीय सदस्य नियुक्त हुने व्यवस्था रहेको छ। छुम्बी क्यानको अघिल्लो कार्यकालमा पनि केन्द्रीय समिति सदस्य थिए ।

कुनै समय उनी क्यानको कर्मचारी थिए । सन् २०१३ मा कार्यालय प्रमुख ‘अफिस हेड’का रूपमा क्यानमा प्रवेश गरेका उनी उक्त जिम्मेवारीमा २ वर्ष रहे ।

त्यसपछि उनले चिफ अपरेटिङ अफिसर (सीओओ)का रूपमा क्यानमा काम गरेका थिए ।

क्यान बोर्ड विवादमा रहेका उनी आन्तरिक व्यवस्थापनमा सक्रिय थिए । सन् २०२० मा आएको क्यान बोर्डमा उनी केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *