ह्वाट्सएपले सम्भावित नयाँ कुराकानीका लागि च्याट सजेशन गर्ने – Nepal Press

ह्वाट्सएपले सम्भावित नयाँ कुराकानीका लागि च्याट सजेशन गर्ने

काठमाडौं । अब ह्वाट्सएपले अटोमेटीक च्याट सजेशन दिने भएको छ । ह्वाट्सएपले कुराकानीको अनुभवलाई बढाउँदै सम्भावित कुराकानीकाो लागि अटोम्याटिक च्याट सजेस्ट गर्ने भएको हो ।

प्रयोगकर्ताहरुलाई च्याट बक्सको तल ‘स्टाट च्याटीङ’ नमक अप्सनमा ह्वाटसएपले कुरा गर्नका लागि च्याट सजेशन गर्ने भएको हो । प्रयोकर्ताहरुको सम्भावित्त नयाँ कुराकानीहरुलाई जोड्नका लागि ह्वाट्सएपले यो फिचर ल्याएको हो । यदि प्रयोकर्ताहरुलाई उक्त सजेशन गरेको च्याट अप्सन मन नपेरमा त्यसलाई बन्द समेत बन्द गर्न मिल्ने जनाइएको छ ।

यस फिचरले विर्सिएका अथवा अन्जानमा आफ्नो कन्टेक्टमा रहेका प्रयोकताहरुलाई च्याट गर्न सजेशन गर्नेछ । जसले गर्दा मानिसहरुविचको अन्तरक्रिया बढी प्रभावकरी अत्मीयता बढ्ने ह्वाट्सएपले उल्लेख गरेको छ ।

ह्वाट्सएपका अनुसार च्याट सजेस्ट गर्ने फिचरले नयाँ वार्तालापहरू सुरु गर्नका लागि सम्भावित रूपमा बिर्सिएका सम्पर्कहरूलाई सुझाव दिने, हाट्सएपले प्रयोगकर्ताहरूलाई उनीहरूको ठेगाना पुस्तिकामा भएका केही सम्पर्कहरू पुनस् पत्ता लगाउने अवसर प्रदान गर्ने, विर्सीएका र सम्पर्क गर्ने मौका नपाएका कन्ट्याक्ट पत्ता लगाउन सहयोग गर्नेछ ।

यो फिचर हाल केहि बिटा परिक्षकहरुका लागि मात्रै उपलब्ध गराइएको छ भने अर्कोसातासम्म यस फिचरलाइए अन्य प्रयोगकर्ताहरुका लागि उपलब्ध गराइने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर