जब मन्त्री नै सेवाग्राही बनेर जलेश्वरस्थित घरेलु कार्यालय पुगे… – Nepal Press

जब मन्त्री नै सेवाग्राही बनेर जलेश्वरस्थित घरेलु कार्यालय पुगे…

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् ।

कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए ।

उनले कार्यालय प्रमुख विनोदकान्त झालाई फोन गरेपछि हतार हतार १०ः३० बजे आइपुगे । पछि कर्मचारीहरू पनि आएका थिए । त्यसअघि मन्त्री भट्टराईले कार्यालय सहयोगीसँग कम्पनी दर्ता गराउन के के डकुमेन्ट चाहिन्छ भन्ने जानकारी मागेका थिए ।

मन्त्री भट्टराई कार्यालयमा करिब डेढ घण्टा ११ः३० बजेसम्म बिताए । उनले निरीक्षणका क्रममा कार्यालयमा कर्मचारीले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र समयमा कार्यालय नआउने थाहा पाएको बताए ।

उनले सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न र कार्यालय समयमा आउन प्रमुख झासहितका कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘काममा ढिलासुस्ती गर्ने र कार्यालय समयमा नआउने तरिका ठिक भएन । यो लापरबाही अबको दिनमा देखिए कारबाही हुन्छ ।’

कार्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । तर अपरेट गरिएको छैन । मन्त्री भट्टराईले सिसी क्यामेरा कपरेट गरेर मन्त्रालयलाई एक्सेस दिन निर्देशन पनि दिए । उनले अब मन्त्रालयबाटै कार्यालयको मोनटरिङ गर्ने बताए ।

सेवाग्राहीबाट कर्मचारीले घुस माग्ने गर्छन् नि भन्ने जिज्ञासामा मन्त्री भट्टराईले भने, ‘हो, त्यही गुनासोपछि सेवाग्राही बनेर निरीक्षण गरे । आज त्यस्तो पाइएन । कसैले घुस मागेको पाइए कानून बमोजिम कारबाही हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर