रास्वपाको दाबी- गृहमन्त्रीलाई कांग्रेसले सदनमा बोल्न दिन्छ, छानबिन समिति बनाउन नपर्ने ठाउँमा पुग्यौं (भिडिओ) – Nepal Press

रास्वपाको दाबी- गृहमन्त्रीलाई कांग्रेसले सदनमा बोल्न दिन्छ, छानबिन समिति बनाउन नपर्ने ठाउँमा पुग्यौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने विषयमा सकारात्मक बनेको दाबी गरेका छन् । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि उनले छलफल समाधानउन्मुख भएको बताए ।

उनले भने, ‘छलफल राम्रो भएको छ । हामी समस्याको समाधानउन्मुख छौं । सबैले आआफ्नो कुरा राख्नुभएको छ । सहकारीको विषयमा रवि लामिछानेविरुद्ध कुनै अभियोजन छैन । कुनै प्रतिवादी बनाइएको छैन । त्यसैले उहाँको विरुद्ध छानविन समिति बनाउनेकुरा न्यायसंगत हुँदैन भन्ने कुरामा आज पनि हामी अडिग छौं ।’

उनले सभामुखलाई सदनमा बोल्न पाउँ भन्दै गृहमन्त्रीले पत्र समेत बुझाएको बताए ।

उनले थपे, कांग्रेसले सदनमा बोल्न दिन्छौं भन्ने विश्वास व्यक्ति गरेका छौं । कांग्रेसले निषेश गरेर जान्छ भन्दै लाग्दैन । हामी कुनै समिति बनाउनुपर्छ भन्ने ठाउँमा हामी पुगेका छौं । संसदमा बोलेपछि चित्त नबुझे फेरि छलफल हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर