बझाङमा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए – Nepal Press

बझाङमा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १५ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले बझाङ प्रदेश सभा १ मा उपनिर्वाचनका लागि चैत २२ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला अदालत बझाङमा कार्यरत जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई बझाङको मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

यही चैत २२ गते जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन अन्तरगत प्रदेश सभा निर्वाचनमा भाग लिन १९ दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा पुर्याइने आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर