एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित – Nepal Press

एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

पोखरा । नेकपा (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । नवौँ जिल्ला अधिवेशनको सोमबार बिहान सकिएको मत गणनामा कृष्णप्रसाद अधिकारीलाई ८९ मतले पराजित गर्दै विष्ट अध्यक्ष निर्वाचित भएका हुन् । विष्टले २८८ र अधिकारीले १९९ मत पाए ।

उपाध्यक्षमा २४२ मत प्राप्त गर्दै जितबहादुर गुरुङ विजयी हुँदा २३७ मत पाएका सुभाष पौडेल पराजित भए । जनकराज मिश्रलाई २१९ मतले पराजित गर्दै राजेन्द्र बोहरा सचिव निर्वाचित भए ।

उपसचिव खुल्लामा राजेन्द्र अधिकारीलाई २२० मतले पराजित गर्दै विवश बुढाथोकी निर्वाचित हुदा उपसचिव महिलामा राममाया रानामगर निर्विरोध भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर