गगनको स्वीकार- सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता – Nepal Press

गगनको स्वीकार- सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता

कठामाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन् ।

आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे ।

उनले राजनीतिक दलको भोटर खाने पानी, सडक, ढल निर्माणका विषयमा कति बजेट आयो, ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताए । उनले अभिभावकलाई राजनीतिक दलहरुले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे ।

उनले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको बताए । उनले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको बताए ।

महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालयले अभिभावक वा अन्य पूर्वविद्यार्थीहरुले विद्यालयको लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छोड्नुपर्ने बताए ।

उनले सामुदायिक विद्यालयका शिक्षकहरुको विवादलाई राज्यले रकम खर्च गरेर भएपनि समाधान गर्न आवश्यक रहेको धारणा राखे ।

यस्तो छ थापाको भनाइः

सरकारले कानून बनाएको छ । विद्यालय शिक्षा निःशुल्क हो । एक पटक ठूलो रकम खर्च गरेर भए पनि शिक्षकको विषय टुंग्याउनुपर्छ । त्यसपछि विद्यालयहरु क्रेटिभ हुन्छु इभल हुन्छ भन्ने कुराका सन्दर्भमा शिक्षा निःशुल्क राख्दै गर्दा विद्यालयले अतिरिक्त स्रोतको व्यवस्थापन गर्ने कुराको ढोका खुला राख्नुपर्छ कि पर्दैन । खोल्दा बिग्रेला र ? विचार गर्ने हो की ? मैले स्वइछिक रुपमा पूर्वविद्यार्थीहरुबाट पैसा लिन्छु । वा अभिभावक कसैले विद्यालयलाई सहयोग गर्छ भने लिन्छु ।

कसैले अग्रेजी,गणित र विज्ञानको शिक्षक राखेर गछु तर त्यसको लागि यसरी जाने भन्ने कुरा ढोका बन्द गर्ने हो त ? त्यसमा पनि खुला छाड्नुपर्छ भन्ने लागेको विषय हो । कसैले विद्यालयलाई घर परिवार भन्दा पनि बढी खटेर काम गरेको हुन्छ । पूरै ज्यान दिएर विद्यालयको काम गरेको पाउछु । कतै भने पूरै हाम्रो पार्टीको हो भनेर भोटा हाल्दै नाच्दै गरेको पाइन्छ ।

शिक्षक पनि सबै खालका छन् । यसलाई नछुट्याउनु हुँदैन । सवल पक्षहरु पनि छ । नियतका कुरामा कसैले जिम्मेवारी लिएर हुँदैन । विधि बनाउने कुरामा अहिलेसम्म भएको गलत अभ्यासका बारेमा कहाँ– कहाँ रोक्ने हो ।

विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र सँगै दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गरौैं । विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता हो । ढल,खानेपानी,सडक बनाउने कुरामा सहभागिता जनाउँछ । तर त्यही मान्छे विद्यालयमा ल्याउन सकिएको छैन । किन ?’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर