संसदीय छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, भोलि पदाधिकारी बैठकमा छलफल गर्ने (भिडिओ) – Nepal Press

संसदीय छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, भोलि पदाधिकारी बैठकमा छलफल गर्ने (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा कांग्रेसकी सचेतक सुशिला थिङले आफ्नो पार्टीको पुरानै अडान सुनाइन्।

अहिलेसम्म सरकार समिति गठन गर्न तयार नभएकाले भोलि पदाधिकारी बैठक बसेर निर्णय गर्ने बताइन्।

सभामुखसँगको बैठकपछि उनले भनिन्,’ हामीले संसदीय छानविन समिमि गठन नभएसम्म सदन कसरी अगाडि लैजाने भन्ने बिषयमा भोलि पदाधिकारी बैठक बसेर छलफल गर्छौँ। र, सदनमा हाम्रो निष्कर्ष राख्छौं।’

उनले गृहमन्त्री लामिछानेले पेश गर्ने राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको बताइन्।


प्रतिक्रिया

One thought on “संसदीय छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै, भोलि पदाधिकारी बैठकमा छलफल गर्ने (भिडिओ)

  1. म देउवा विरूद्व एउटा वाहियात चिर्कटो फालिदिन्छु । सांसदबाट राजिनामा दिने हो ? मानेको भए त्यहि रविलाई प्रधानमन्त्री बनाउन हिडेको देश लुटुवा काँग्रेस फुर्ति लगाउछ । जनताले देश काँग्रेसमुक्त बनाउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *