ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना – Nepal Press

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रम सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न कार्यक्रम गरेर ‘स्टुडेन्ट एक्सचेन्ज’ सम्पन्न गरेको हो ।

गत मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका आठ जना विद्यार्थीहरूसँगै टीबीसीका विद्यार्थीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो ।

विश्वव्यापी शैक्षिक उत्कृष्टतालाई बढवा दिने टीबीसीको यस प्रयासमा १६ जना विद्यार्थीहरूले ‘इन्टरनेट अफ थिङ्ग्स’जस्ता नवीन परियोजनाहरूमा संलग्न हुने मौका पाएको कलेजको भनाइ छ ।

नेपालको अनुपम भूगोल र मौसमी अवस्थाको लागि तयार पारिएका आर्टिफिसियल इन्टिलिजेन्स (एआई) परियोजनामार्फत विद्यार्थीले आफ्नो विश्वव्यापी परिप्रेक्ष्यलाई फराकिलो बनाउने तथा अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्ने मौका पाएको जनाइएको छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याक्रडेनले भने, ‘पुनः एक पटक लिड्स बेकेट युनिभर्सिटीबाट आएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । यो पहल विद्यार्थीहरूका लागि महत्त्वपूर्ण शिक्षा प्रदान गर्न मात्रै नभई हाम्रा साझेदार संस्थाबीचको सम्बन्धलाई मजबृत बनाउन र विश्वव्यापी सहकार्यलाई प्रोत्साहित गर्न पनि उत्तिकै महत्त्वपूर्ण साबित भइरहेको छ ।’

कार्यक्रममा मुख्यतः एलबीयूका प्रतिनिधिहरूले टीबीसीका विद्यार्थीहरूसँग कम्प्युटिङ स्टडिजको बारेमा छलफल, फ्याकल्टीहरूबिच अनुसन्धानबारे विचारको आदानप्रदान, आगामी दिनमा एलबीयू र टीबीसीबीच हुनसक्ने सम्भावित सहकार्य र उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी कम्प्युटिङ पाठ्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको कलेजले जनाएको छ ।

कलेजका अनुसार विद्यार्थीहरुद्वारा विकास गरिएका नवीन ‘आईओटी’ परियोजनाहरूमा उनीहरूको रचनात्मक र समस्याको समाधान गर्ने सीपहरू प्रस्तुत भएका थिए । भने, ज्याक स्मिथ, जेम्स वेस्टोबी, कञ्चन कोइराला र संयोजन देवकोटा समावेश समूह ‘ए’ ले बाढी पूर्व सूचना प्रणालीबारेको एआई परियोजना समेत प्रस्तुत गरिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *