छायाँ सेन्टरमा ‘इण्डिया-नेपाल क्राफ्ट फेस्टिभल्स’ सुरु (तस्बिरहरु/भिडिओ) – Nepal Press

छायाँ सेन्टरमा ‘इण्डिया-नेपाल क्राफ्ट फेस्टिभल्स’ सुरु (तस्बिरहरु/भिडिओ)

काठमाडौं । छायाँ सेन्टरमा नेपाल र भारतका परम्परागत उच्चस्तरीय हस्तकलाको प्रदर्शनी ‘इण्डिया-नेपाल क्राफ्ट फेस्टिभल्स’ सुरु भएको छ ।

बिहीबारबाट काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आजबाट शुरु भएको प्रदर्शनी १९ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । मेलामा प्रत्यक्ष प्रदर्शनी, बनारसको हस्तकला, पाककला (कुइजिन्स) स्टल्स, नेपाली हस्तकला र फुड स्टल्स रहनेछन् ।

नेपाल र भारतीय हस्तकलाका सृजनात्मक कथाहरु, संस्कृति र सृजनाको गतिशिल प्रदर्शनीको रुपमा मेलालाई लिइएको छ । मेलामा पुग्नुभएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल भारतको सम्बन्ध नङ र मासुको रहेको भन्दै फल्क क्राफ्ट फेस्टिभल्सले झनै प्रगाढता ल्याउने विश्वास व्यक्त गरे । उनले प्रदर्शनीले भारतसँग निर्यात प्रवद्र्धनको बाटो खुल्ने बताए ।

‘यो नेपाल भारतको त्यसै पनि नङ र मासुको सम्बन्ध, त्यसमा फल्क क्राफ्टको सेन्टर अफ सिटीमा (छाया कम्पेक्स) मा भएको छ । त्यसमा विभिन्न मौलिक हस्तकलाका पूर्णकहरु भएका छन्’, उनले भने, ‘यसले सम्बन्धलाई प्रगाढ पनि पार्ने र हाम्रो ट्रेड डिपिसिट भएको, हामी धेरै आयात पनि गर्छौं भारतबाट हामीले पनि एक्सपोर्ट गर्ने कुनै गेट वे जस्तो बाटो खोल्ने काम भएको छ । राम्रो छ, यस्तै राम्रो गर्दे गयाँै भने परम्परागत रिलेशन मात्रै नभइ ट्रेडिङ रिलेशन पनि स्थापित हुन्छ ।’

उनले नेपाल—भारत परम्परागत सम्बन्ध भन्दा पनि व्यापारिक सम्बन्ध बिस्तार गर्न आवश्यक रहेको बताए ।

तस्बिरहरु:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *