कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका शाहीको शव तीन दिनपछि भेटियो – Nepal Press

कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका शाहीको शव तीन दिनपछि भेटियो

कैलाली । कर्णाली चिसापानी पुलबाट हाम फाल्दा बेपत्ता भएका ३२ वर्षीय लोकेन्द्र शाहीको शव फेला परेको छ ।

गत चैत्र १२ गते बेपत्ता भएका शाहीको शव बिहीबार सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

होली पर्वको दिनमा साथीहरूसङ कर्णाली पुल माथिबाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए ।

उनको शव खोजतलासका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी सेना, र स्थानीय लागेका थिए ।

उनको शव तीन दिनपछि टिकापुर स्थित सनकट्टी घाट नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए ।

पुलबाट १७ जना हाम फालेका थिए । ती मध्ये १६ जना त्यही बेला निस्किए पनि शाही भने बेपत्ता भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर