श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेर सुरक्षित अवतरण – Nepal Press

श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेर सुरक्षित अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।

धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो ।

धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुगाइएको हो श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले भने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *