१२ जना शाखा अधिकृत बढुवाका लागि सिफारिस – Nepal Press

१२ जना शाखा अधिकृत बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रशासन सेवाको राजस्व समूहतर्फ १५ जना राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतबाट राजपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

६ जना कार्यक्षमताको आधारमा र ६ जना जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा गरेर १२ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

कार्यक्षमताको आधारमा बढुवाका लागि २६ जनाले आवेदन दिएकोमा २१ जनाको उम्मेदवारी कायम भएको थियो । जसमा पहिलो नम्बर सीता बर्तौला, दोस्रो नम्बरमा ललिता ज्ञवाली, तेस्रो नम्बरमा सावित्राकुमारी शर्मा, चौथो नम्बरमा डम्बरबहादुर गुरुङ, पाचौँ नम्बरमा प्रमोदकुमार श्रीवास्तव र छैटौ तथा अन्तिम नम्बरमा आशाकुमारी शाह बढुवाका लागि सिफारिस भएका छन् ।

जेष्ठता र कार्यसम्पादन मूल्या)कनको आधारमा बढुवाका लागि २४ जनाले उम्मेदवारी दिएकोमा २४ जनाकै उम्मेदवारी कायम भएको थियो । जसमा पहिलो नम्बरमा राधेश्याम दाहाल, दोस्रो नम्बरमा राजेन्द्र बस्नेत, तेस्रो नम्बरमा तोयानाथ सापकोटा, चौथो नम्बरमा सुजितकुमार सिंह, पाँचौ नम्बरमा युक्तप्रसाद सुवेदी र छैटौ तथा अन्तिम नम्बरमा उषा पोखरेल बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवामा कोहि कसैको चित्त नबुझेमा ३५ दिनभित्र बढुवा शाखामा उजुरी दिन पाइने छ । यदि ३५ दिन भित्र कोहि कसैको उजुरी नपरेमा १२ जना नै शाखा अधिकृत उपसचिवमा बढुवा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर