गृहमन्त्री रविलाई रघुजीले सोधे- दुर्गा प्रसाईँले अत्याधुनिक हतियार बोकेर हिँड्नु उचित हुन्छ ? (भिडिओ) – Nepal Press

गृहमन्त्री रविलाई रघुजीले सोधे- दुर्गा प्रसाईँले अत्याधुनिक हतियार बोकेर हिँड्नु उचित हुन्छ ? (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई एमालेका सांसद रघुजी पन्तले व्यवसायी दुर्गा प्रसाईँका बडीगार्डसँग भेटिएको हतियारको विषयमा प्रश्न उठाएका छन् ।

राज्य व्यवस्था समितिको बैठकमा सांसद पन्तले आत्म सुरक्षाको लागि दुर्गा प्रसाईँले अत्याधुनिक स्तरको हतियार राख्नु कति उचित ? भन्दै प्रश्न उठाएका हुन् ।

उनले भने- अदालतमा दुर्गा प्रसाईँलाई गार्डसँग भएको हतियार भेटियो । त्यो पनि आधुनिक । आत्म सुरक्षाको लागि त्यो स्तरको हतियार राख्न दिनु कतिको उपयुक्त हो ? जुन प्रश्न अहिले अदालतले पनि उठाएको छ । त्यस्तो हतियार कुनै गलत मान्छेले लाइसेन्स नै लिएर बोकेको रहेछ के हुन्छ  ?

हतियारका लागि लाइसेन्स दिने नीति परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताए ।

उनले गृहमन्त्रीलाई सोधे- दुर्गा प्रसाईँलाई अत्याधुनिक स्तरको हतियार राख्न दिनु कति उपयुक्त हो ? आत्म सुरक्षाका लागि त सामान्य पेस्तोल हो । अत्याधुनिक अधिकार बोक्न दिने हो भने भोली कुनै घटना परिघटना आइपरेमा त्यसको जिम्मेवारी कसले लिन्छ ? संसारको अभ्यासलाई पनि हेरौँ । कति जनलाई दिएको छ र के-कति हजार हतियार छ ? त्यस्ता व्यक्तिबाट हतियार फिर्ता लिनुपर्ने महसुस गर्नुभएको छ कि छैन ?

कुनै नागरिकले आफ्नो सुरक्षाका लागि हतियार नै राख्नुपर्ने अवस्था अन्त्य गर्न माग गरे ।

उनले थपे- व्यक्तिले हतियार राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने नीति अघि सार्नुपर्छ । गुप्तचर निकाय मेरो मातहतमा छैन भनेर गृहमन्त्रीले लिनुभएको छ । तर, पञ्चायतकालमा पनि गृह मन्त्रालयको मातहतमा थियो । यसमा संवेदनशील भएर सोचौँ । त्यसको निर्माणमा तपाईँको सोच के छ ? तराईमा साम्प्रदायिक दंगा घटाउन भारतमा परिचालन गरिएको सुनिएको छ । फेरि पनि त्यस्तो घटना हुन नदिनका लागि कत्तिको तयारी राखेको छ । मधेशको संवेदनशीलतालाई कसरी ध्यान दिएको छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर