परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेटवार्ता- सम्झौता कार्यान्वयनमा जोड – Nepal Press

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेटवार्ता- सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यिबीच भेटवार्ता भएको छ । डेलिगेसन तहमा भएको भेटमा पुराना सम्झौता कार्यान्वयनमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विश्नु पुकार श्रेष्ठसहितको डेलिगेसन भेटवार्तामा दुई पक्षीय सहकार्यको बारेमा छलफल र सम्बन्धलाई नयाँ उचाईमा लानेबारे छलफल भएको बताइएको छ । आजै परराष्ट्रमन्त्री श्रेष्ठले बेइजिङ दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा बोलेका थिए । आइतबार चीन हिँडेका श्रेष्ठ सोमबार बेइजिङ पुगेका थिए । उनी नौ दिन चीन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर