एमाले वागमती प्रदेशको जिल्ला पिच्छे फरक नियम – Nepal Press

एमाले वागमती प्रदेशको जिल्ला पिच्छे फरक नियम

छनोट भएका प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुन रोक

सिन्धुपाल्चोक । नेकपा एमाले वागमती प्रदेश कमिटी सम्पर्क मञ्चहरुले एमालेको जिल्ला अधिवेशनमा प्रतिनिधि हुने व्यवस्था जिल्लापिच्छे फरक नियम लगाएका छन्।

नेकपा एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशनमा सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चबाट सहभागी हुनका लागि १७ जना प्रतिनिधि छनोट भइसकेका थिए । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत प्रदेश र जिल्लाका नेताहरु बसेर केही दिन अगाडि सम्पर्क मञ्चले प्रतिनिधि छनोट गरेको थियो ।

तर वागमती प्रदेश कमिटीले सम्पर्क मञ्चले जिल्ला अधिवेशनहरुमा प्रतिनिधि हुन नपाउने व्यवस्था विद्यानमा नरहेको भन्दै छनोट गरिसकेका प्रतिनिधिहरु सहभागी हुन नपाउने लिखित पत्र पठाएको छ ।

वागमती प्रदेश मातहत नै रहेको धादिङ र दोलखा जिल्लाको अधिवेशनमा भने सम्पर्क मञ्चहरुबाट प्रतिनिधि सहभागी गराइएको थियो । एमाले दोलखाको जिल्ला अधिवेशनमा प्रत्येक पालिकाबाट दुई जना र सम्पर्क मञ्चबाट अध्यक्ष उपाध्यक्षसहित पदाधिकारीहरु प्रतिनिधि भएर आएको एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए ।

धादिङ जिल्ला पनि सम्पर्क मञ्चबाट प्रतिनिधिको व्यवस्था गरिएपनि सिन्धुपाल्चोकमा भने वागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुँगेलको ठाडो पत्रले छनोट भएका प्रतिनिधिहरु समेत जिल्ला अधिवेशनमा सहभागी हुन नपाउने भएका छन् ।

एमाले जिल्ला अधिवेशनमा सम्पर्क मञ्चहरुबाट समेत प्रतिनिधि जान पाउने र त्यही अनुसार प्रतिनिधि छनोट गर्न भनेपछि आफूहरुले सर्वसम्मत प्रतिनिधि छनोट गरेर पठाएको एमाले सिन्धु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले जानकारी दिए ।

सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएपनि आफू अनुकुल प्रतिनिधि छनोट नभएको भन्दै एमालेका केही केन्द्रीय सदस्य र वागमती प्रदेश कमिटीका केही सदस्यहरुले एमाले केन्द्रीय संगठन विभागमा उजुरी गरेको र प्रतिनिधि खारेजका लागि वागमती प्रदेशलाई दबाब दिएको अध्यक्ष आचार्यले बताए ।

एमाले वागमती प्रदेश कमिटीकी उप–सचिव भक्तकुमारी लामाले भने आफूहरुसँग सल्लाह नगरी पत्र गएको र आफूलाई यो विषयमा केही जानकारी नभएको बताइन् । वागमती प्रदेशले सम्पर्क मञ्चबाट प्रतिनिधि सहभागी नगराउन भनेपछि अब आफूहरुले सहभागी नगराउने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

 


प्रतिक्रिया

One thought on “एमाले वागमती प्रदेशको जिल्ला पिच्छे फरक नियम

  1. जिल्ला अधिबेशनमा सम्पर्क मंचको प्रतिनिधि सम्बन्धमा

    सबै पालिकाबाट प्रतिनिधित्व हुने गरि महिला ६ जना सहित १८ जनाको कोटा पाएको सम्पर्क मंचले प्रतिनिधि छनोट कुन बिधिबाट गर्यो ध्यानाकर्षण गराउन चाहान्छु ।

    अध्यक्ष कमरेडले १८ जनाको नाम पढ्नुभयो र भन्नू भयो पालिका सम्पर्क मंच अध्यक्षको सहमति र समन्वयमा मैले यी नामहरु प्रस्ताव गरेको हु । तर तत्कालै केही पालिका सम्पर्क मन्चका अध्यक्षले आफुसङ नसोधीएको र प्रस्तावित नाममा मेरो असहमति भन्दा पनि छलफल हुन अवस्यक छ भन्दा छलफल नै नचलाइ बोल्न निषेध गर्ने हर्कत अध्यक्ष बाट हुनु बैठकको लज्जाको विषय बन्यो । महिला प्रतिनिधिको विषयमा कुरा राख्दाराख्दै निर्णय भैसकेको विषयमा नबोल्नुस भन्दै सचीव कमरेडले आफ्नै सहकर्मी लाई बोल्न बाट रोक्ने जुन काम भयो मंचमा अतिथि बनेर बसेका करीब ८/९ जना नेता कमरेडहरु मौन बस्नु नियोजित हो वा निरीह पन हो?

    पुनः छलफल हुन अवस्यक छ यदि यहि निर्णय हो भने हाम्रो फरक मत दर्ज गर्छौ भनेर सहभागी कमरेडहरुले माग्दा बैठकको माइनुट बोकेर अध्यक्ष र सचीव भाग्ने ? छलफल समेत नगरी जबर्जस्ती नाम स्वीकृत भएको घोषणा गर्दै माइनुट बोकेर भाग्नु, प्रतिनिधि भनेर घोषणा गरिएका १० जना पनि बैठकमा उपस्थित नदेखिनु, कहिलै बैठक मा उपस्थित नभएका असम्बन्धित ब्यक्तिहरुको अस्वभाबिक उपस्थिति हुनु, कमिटीमा रहेका सदस्यको गणपुरक सङ्ख्या समेत नपुगेको अबस्थामा जबर्जस्त गरिएको अराजनितिक हर्कतका विरुद्ध संगठन बिभागमा उजुरी पर्यो, छानबिन गर्दा बिधानमा प्रतिनिधि जान सक्ने ब्यवस्था नै रहेनछ । अहिलेसम्म हामी गएको आन्तरिक सहमतिमा मात्र रहेछ्।
    यदि पारदर्शी छलफल गरिएको भए उजुरी हाल्नु पर्नी अवस्था आउथेन संगठन बिभागले बोल्नुपनी पर्थेन र प्रतिनिधि खारेज पनी हुन्थेन, यसकारण सम्पर्क मन्चका नेतृत्वको नालायकिले यो हभिगत भोग्नुपर्यो वा पर्दा पछाडी कुनै स्वार्थ लुकेको थियो नेतृत्वको ? सम्पर्क मन्चको भुमिका हिजो राम्रो थियो, भोलि पनि चाहिन्छ, यसलाइ कसैले नजर अन्दाज गर्न सक्दैन तर नेतृत्व खराब भएपछी जिल्ला अधिवेशनमा जाने अवसर गुमेकोमा साह्रै दुख लागेको छ ।
    बैठकको अतिथिहरु क. शेर बहादुर तामाङ लगायत कमल नेपाल र अशोक ठकुरीले पनि बोल्नुपर्ने हो, के यस्तो तरिकाले अध्यक्षले नाम प्रस्ताव गरेर छलफलै नगरी ताली ठोकेर पठाउने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर