मस्कोमा भएको आतंकवादी हमलाको सरकारले गर्‍यो निन्दा – Nepal Press

मस्कोमा भएको आतंकवादी हमलाको सरकारले गर्‍यो निन्दा

काठमाडौं । नेपाल सरकारले रुसको राजधानी मस्कोमा साङ्गीतिक कार्यक्रममा आतंकवादी हमला भएकोप्रति निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भरत्सना गर्दछ, आतंकवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’

सरकारले हमलामा धेरै निर्दोष मानिसको ज्यान गएकोप्रति दुःख व्यक्त गरेको छ ।

शुक्रबार भएको हमलामा कम्तीमा ६० जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर