नौं जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको कारण तीव्र गति – Nepal Press

नौं जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाको कारण तीव्र गति

पोखरा । नौं जनाको मृत्यु हुनेगरी गत राति बागलुङको निसिखोलामा भएको बस दुर्घटनाको कारण तीव्र गति भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बस तीब्र गतिका कारण घुम्तिमा मोडिन नसक्दा दुर्घटना भएको हो ।

गएराति पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१—००६ ख ३८७९ नम्बरको बस बागलुङ निसीखोला—६ जाउलेपानीमा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए । ३५ जना सवार बसमा २६ जना घाइते हुन पुगेका थिए । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनले तीब्र गतिका कारण घुम्तिमा मोडिन नसकेको बस दुर्घटना भएको बताए ।

‘तीव्र गतिले गर्दा दुर्घटना भएको थियो घुम्तिमा मोडिने क्रममा आधा भाग मोडियो र बाँकी भाग मोडिन नपाउँदै बस दुर्घटनामा पर्यो’, उनले भने, ‘उपचाररत बिरामीहरुसँग पनि कुरा गर्दा बस तीव्र गतिमै रहेको देखिन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर