आफैँले सरकारी क्वाटरमा आगो लगाएको उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत पक्राउ – Nepal Press

आफैँले सरकारी क्वाटरमा आगो लगाएको उजुरी परेपछि प्रमुख प्रशासकीय अधिकृत पक्राउ

कैलाली । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।

आफ्नो सरकारी क्वाटरमा आफैँ आगो लगाएको भन्दै उजुरी परेपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी क्वाटरमा आगो लागेको थियो । राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको उनले प्रहरीले बताएका थिए ।

आक्रमणपछि आफू झ्यालबाट भागेर ज्यान जोगाएको समेत उनको बयान थियो । ।तर, गाउँपालिकाले भने उक्त घटनामा उनी आफै संलग्न रहेको भन्दै उजुरी दिएपछि आइतबार उनलाई पक्राउ गरि सात दिन म्याद थप गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *