कोका–कोलाद्वारा आयोजित ‘काठमाडौं इज कुकिङ’ मा १७ हजारबढी सहभागी – Nepal Press

कोका–कोलाद्वारा आयोजित ‘काठमाडौं इज कुकिङ’ मा १७ हजारबढी सहभागी

काठमाडौं । कोका–कोलाद्वारा ओयोजित ‘काठमाडौ ईज कुकिङ’ मा १७ हजारभन्दा बढी दर्शकहरुले सहभागिता जनाएका छन् ।

कोका–कोलाद्वारा आयोजना गरिएको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणमा १७ हजारबढीले सहभागीता जनाएको कम्पनीले जनाएको हो ।

काठमाडौंको हायात रेजेन्सी ग्राउन्डमा भएको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणमा २५ भन्दबढी मोमो स्टलहरु राखिएका थिए ।

त्यस्तै, भारतीय गायक पापोन सहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरे जस्ता नेपाली कलाकारहरुको प्रस्तुति रहेको कन्सर्टमा १७ हजारभन्दाबढी दर्शकहरुको सहभागिता भएको आयोजकले जनाएको हो ।

कार्यक्रममा फोहोर व्यवस्थापन कै लागि छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोरको लागि छुट्टा छुट्टै बिनहरुको समेत व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर