आजको कारोबारमा ४ वटा कम्पनीको सेयर धनीले सबैभन्दा बढी कमाए, कसले कति कमाए ? – Nepal Press

आजको कारोबारमा ४ वटा कम्पनीको सेयर धनीले सबैभन्दा बढी कमाए, कसले कति कमाए ?

काठमाडौं । आजको सेयर कारोबारमा ४ वटा कम्पनीको सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । गोर्खाज फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यी कम्पनीको सेयर मूल्यमा सर्किट (१० प्रतिशत) लागेको हो । गोर्खाजको ७८ रुपैयाँ ५० पैसाले सेयर मूल्य बढेर प्रतिसेयर ८ सय ६३.५० रुपैयाँ पुगेको छ भने सप्तकोशीको २८.७० रुपैयाँले सेयर मूल्य बढेर ३१५.८० रुपैयाँ पुगेको छ ।

यता पिपुल्स पावरको पनि सेयर मूल्य ३४.२० रुपैयाँले बढेर प्रतिसेयर ३ सय ७६.२० रुपैयाँ पुगेको छ । यस्तै धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९६.८० रुपैयाँले बढेर एक हजार ६४ रुपैयाँ ९० पैसा पुगेको छ । यस्तै पिपुलस हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सर्किट लेभलमा बढेको छ ।

यसका सेयर धनीले एक कित्ता बराबर ३१.८० पैसा कमाएका छन् । यसको सेयर मूल्य ३ सय ५० रुपैयाँ २० पैसा पुगेको छ । आजको सेयर बजार ३.२७ अंकले बढेर २०७३.५३ अंकमा अडिएको छ । ०.१५ प्रतिशतले बढेको बजारमा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ । तीन दिनको लगातार गिरावटपछि नेप्से सोमबार सामान्य अंकले बढेको हो । वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर घटिरहदा पनि अपेक्षा अनुसार बजारको वृद्धि भएको छैन । पछिल्लो कारोबार ट्रेण्डले लगानीकर्ताहरु विश्वस्त देखिदैँनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर