सहकारीको ऋण तिर्न काठमाडौं महानगरले जारी गर्‍यो सूचना – Nepal Press

सहकारीको ऋण तिर्न काठमाडौं महानगरले जारी गर्‍यो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न आग्रह गरेको छ । सहकारीहरुले बचतकर्ताकै रकम ऋण प्रवाह गर्ने उल्लेख गर्दै महानगरले समयमै कर्जा नतिरेको अवस्थामा बचतकर्ताको बचत नै जोखिममा पर्ने बताउँदै कर्जा तिर्न महानगरले आग्रह गरेको हो ।

महानगरले एक सूचना जारी गर्दै ऋण तिर्न अनुरोध गरेको हो । ‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ’, सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर