सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि अर्थले गर्‍यो ३० अर्ब निकासा – Nepal Press

सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि अर्थले गर्‍यो ३० अर्ब निकासा

काठमाडौं । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा र निवृत्तिभरणका लागि ३० अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई सो रकम दिएको हो । उक्त रकम सम्बन्धित निकायबाट बाँडफाँट हुनेछ ।

निवृत्तिभरण व्यवस्थापनको कार्यालयका अनुसार फागुनसम्म ५२ अर्ब रुपैयाँ पेन्सन विनियोजन भएको छ । असार मसान्तसम्म २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व रहेको कार्यालयले जनाएको छ ।

गत वर्षसम्म सरकारले समयमै पेन्सन निकासा गर्न नसकेको भन्दै पूर्व सरकारी कर्मचारीबाट व्यापक आलोचना भएको थियो । यो पटक भने हालसम्म नियमित नै रकम वितरण गरिएको निवृत्तिभरण कार्यालय प्रमुख विष्णु खरेलले बताए ।

सरकारले चालु वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर