एनसेलद्वारा संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान सुरु – Nepal Press

एनसेलद्वारा संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान सुरु

काठमाडौं । एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभाग‘डिएफएटी’ को सहयोगमा संयुक्त रूपमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको छ ।

बिहिबार(मार्च ७)२०२४० यौन तथा प्रजनन स्वास्थ्य सेवाको सेवा प्रदायक संस्था मेरी स्टोप्स इन्टरनेसनल नेपालले एनसेलसँगको साझेदारी र अष्ट्रेलियन सरकारको ‘डिएफएटी’ को सहयोगमा पाठेघरको मुखको क्यान्सरको परिक्षण र रोकथामका लागि सचेतना अभियान घोषणा गरेको हो ।

यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परिक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्‍याउने रहेको छ ।

अभियान संचालनका लागि एनसेलको बृहत् नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितिको उपयोग गरिने जनाइएको छ । यस बाहेक अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्त्वपूर्ण जानकारी फैलाउन विभिन्न सञ्चार माध्यमहरू प्रयोग गर्नेछ ।

मार्च २०२४ देखि सञ्चालन भएको सचेतना अभियान अन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु संचालन गरिनेछ । एनसेलको सेवा सञ्जालको पहुँचलाई उपयोग गर्दै यस अभियानका लागि पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गरिने जनाइएको छ ।

त्यसैगरी आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र सामुदायिक संलग्नता लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरिनेछन् । भने, सचेतना अभियान अन्तर्गत संचालन गरिने मुख्य–मुख्य क्रियाकलापहरूमा आमसञ्चार माध्यमद्वारा सचेतनामूलक अभियान संचालन गर्ने पाठेघरको मुखको क्यान्सरको रोकथाम र उपचारसम्बन्धी जानकारीलाई लक्षित समूहसम्म प्रभावकारी ढंगले पु¥याउन विभिन्न सरकारी निकायहरु तथा संघसंस्थाहरूसँग सहकार्य तथा साझेदारी गर्नेछ ।

एनसेलका अनुसार अभियानले टेलिभिजन र रेडियोमा विशेष कार्यक्रम तथा विशेष कुराकानीमा आधारित कार्यक्रम (टक शो)हरू संचालन गर्नुका साथै रेडियो स्टेशनहरूमा जनहितमा जारी सूचनाहरू सम्प्रेषण गर्नेस अभियानलाई प्रवद्र्र्घधन गर्न र अभियानसम्बन्धी सचेतनामूलक संदेशहरू प्रवाह गर्न सोशल मिडिया इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्नेछ ।

त्यसैगरी, पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामुलक दृश्य श्रव्य सामग्रीहरु तयार पारी प्रसारण गर्ने एनसेलसँग सहकार्यमा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वाकाथन’ को आयोजना गर्नेस अभियानका संदेशलाई आउटबाउन्ड रिङटोन र एसएमएसमार्फत लक्षितवर्गसम्म पु¥याउने आदि जस्ता कार्यक्रमहरु रहेका छन् ।

यसबाहेक यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपालले ५० जना सेवाग्राहीहरूलाई निःशुल्क स्क्रिनिङ सेवा प्रदान गर्ने जनाइएको छ । थप जानकारीको लागि मेरी स्टोप्स इन्टरनेसनल नेपालको पैसा नलाग्ने टोल फ्री नम्बर ११४३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर