मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गर्ने राप्रपाको चेतावनी (भिडिओ) – Nepal Press

मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गर्ने राप्रपाको चेतावनी (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् अवरोध गर्ने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

उनले भने, ‘लघुवित्त र दूध किसानको समस्या समाधान गर्नुपर्छ। अब पनि हामी आवाज उठाएर टुलुटुलु हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। मिटरब्याज, लघुवित्त र दूध उत्पादक किसानको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन नगरे हामी संसद् अवरोध गर्छौँ।’

उनले संख्या कम भएको भएर संसदबाट निकालिए संसद् र सडक दुवैतर्फ उभिन तयार रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर