नेपालविरुद्ध भारत ठूलो स्कोरतर्फ उन्मुख, उदय र सचिनको शतकीय साझेदारी – Nepal Press

नेपालविरुद्ध भारत ठूलो स्कोरतर्फ उन्मुख, उदय र सचिनको शतकीय साझेदारी

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालविरुद्ध भारतका ब्याटरले शतकीय साझेदारी गरेका छन् ।

दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतकाका उदय सहारान र सचिन दासले चौथो विकेटका लागी शतकीय साझेदारी गरेका छन् । ६२ रनमा ३ विकेट गएको भारतलाई उदय र सचिनले १८३ रन बनाएका छन् ।

उदय ६८ र सचिन ५२ रनमा अविजित छन् ।भारतले ३६ ओभरमा ३ विकेट गुमाए १८३ रन बनाएको छ । उदय र सचिनको साझेदारीमा भारत ठूलो स्कोरतिर उन्मुख छ ।भारतका प्रीयान्शु मोलिया १९, अर्शिन कुलकणी १८ र आदर्श सिंह २१ रनमा आउट भए । बलिङमा नेपालका आकाश चन्द र गुल्सन झाले १-१ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *