खेलकुदको विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का – Nepal Press

खेलकुदको विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरुको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तह मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

मुलुकको नाम राख्ने खेलाडीहरुको उत्पादन जरुरी रहेकाले खेलाडीहरु लगाएत पूर्वाधारको विकासका सरकारले बिशेष ध्यान दिने उनले बताए । उनले सरकारको बजेट निर्माणका क्रममा पनि खेल क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

नेपाल कराते महासंघको तत्वाधन एवं.जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सुरु प्रतियोगीतामा प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब गरी १० टीमका २ सय बढि खेलाडीहरुको सहभागीता रहेको छ ।

टीम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *