नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोज्यो – Nepal Press

नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ  ।

पहिलो चरणको अन्तिम खेलमा टेस्ट टोली अफगानिस्तानलाई १ विकेटले हराएर नेपालले सुपर सिक्सको यात्रा गरेको हो।

नेपालले दोस्रो चरणमा कुनै खेल नखेल्दै सेमिफाइनल नपुग्ने पक्का भइसकेको छ।

नेपालले बंगलादेशबाहेक भारतसँग पनि सुपर सिक्समा प्रतिस्पर्धा गर्ने छ।

समूहमा नेपालको २ खेलबाट अंक छैन भने बंगलादेशको २ अंक छ। पाकिस्तान र भारतको ३ खेलबाट ६ अंक भएकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *