आर्मी बागमती प्रदेशसँग ३ विकेटले पराजित – Nepal Press

आर्मी बागमती प्रदेशसँग ३ विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको छ । आर्मीले दिएको ९८ रनको लक्ष्य बागमतीले २२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका लागी प्रतिश जिसीले अविजित २१ रन बनाए । अशोक पौडेलले २१, इशान पाण्डे र रबिन जोशीली १२-१२ रन बनाए ।

बलिङतर्फ आर्मीका सोमपाल कामीले ३, जितेन्द्र मुखिया र शाहव आलमले २-२ विकेट लिए ।

मुलपानी क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमै समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न बागमतीका सूर्य तामाङले सर्वाधिक ५ विकेट लिएका थिए । सूर्यले यसअघि मंगलबार भएको खेलमा मधेस प्रदेशविरुद्ध ह्याटि्रकसहित ६ विकेट लिएका थिए । बागमतीका रिजन ढकाल र प्रतिश जिसीले २-२ र कृजन गुरुङले १ विकेट लिए ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । भिम सार्कीले १८ र विवेक यादवले अविजित ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *